१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नागरिकता विधेयक अघि बढाउँदै



अ+ अ-

काठमाडौँ । सरकारले संसद्मा नागरिकता विधेयक अघि बढाउने तयारी सुरु गरेको छ । विसं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा छ ।

सो विधेयकलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सत्तामा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको बताइएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा सो विधेयकसम्बन्धी बहसमा रहेका केही प्रावधानलाई लिएर छलफल भएको समाचार छ । खासगरी नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर नेपाल आउने नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता तुरुन्तै दिने वा निश्चि अवधिपछि दिने भन्ने विषयमा विवाद कायम छ ।

अन्य विधेयक पेश गर्ने, संसद्मा भएका विधेयकहरुलाई अघि बढाउनेसहितका विषयमा प्रचण्डसँग दुवै मन्त्रीको छलफल भएको बुझिएको छ ।

विसं २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरुमा कतिपय विषयमा संशोधन आवश्यक भएकाले सुरुमा सत्ताधारी दलहरुबीच सहमति आवश्यक भएकाले प्रचण्डसँग छलफल अगाडि बढाइएको हो ।

संसद् सचिवालयमा अहिले संसद्मा ५७ वटा अलपत्र बनेका छन् । कानूनमन्त्री बन्दीले संसद्मा रहेका विधेयकसम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । सरकारले संसद्मा रहेका विधेयकहरुका प्रावधानलाई एकैपटक संशोधन गरेर अघि बढाउने तयारी गरेको बताइएको छ ।




भर्खरै