५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नागरिकता विधेयक अघि बढाउँदै



अ+ अ-

काठमाडौँ । सरकारले संसद्मा नागरिकता विधेयक अघि बढाउने तयारी सुरु गरेको छ । विसं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा छ ।

सो विधेयकलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सत्तामा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको बताइएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा सो विधेयकसम्बन्धी बहसमा रहेका केही प्रावधानलाई लिएर छलफल भएको समाचार छ । खासगरी नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर नेपाल आउने नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता तुरुन्तै दिने वा निश्चि अवधिपछि दिने भन्ने विषयमा विवाद कायम छ ।

अन्य विधेयक पेश गर्ने, संसद्मा भएका विधेयकहरुलाई अघि बढाउनेसहितका विषयमा प्रचण्डसँग दुवै मन्त्रीको छलफल भएको बुझिएको छ ।

विसं २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरुमा कतिपय विषयमा संशोधन आवश्यक भएकाले सुरुमा सत्ताधारी दलहरुबीच सहमति आवश्यक भएकाले प्रचण्डसँग छलफल अगाडि बढाइएको हो ।

संसद् सचिवालयमा अहिले संसद्मा ५७ वटा अलपत्र बनेका छन् । कानूनमन्त्री बन्दीले संसद्मा रहेका विधेयकसम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए । सरकारले संसद्मा रहेका विधेयकहरुका प्रावधानलाई एकैपटक संशोधन गरेर अघि बढाउने तयारी गरेको बताइएको छ ।