५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा मकवानपुरमा पुनरनिर्मित स्वास्थ्य चौकी उद्घाटन



अ+ अ-

काठमाडौँ । अमेरिकाद्वारा मकवानपुरमा पुन: निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । अमेरिकाले विसं २०७२ को महाभूकम्पबाट प्रभावित जिल्लाहरुमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरुको पुन: र्निमाण गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी सरकारले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालमार्फत नेपाल पुनरनिर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरी ती संरचनाहरुको पुनरनिर्माण गरेको हो ।

सोमबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी र युएसएआईडी नेपालकी प्रमुख सेपिडे केभान्शाड मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकी भवनको उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

दूतावासका अनुसार यो कार्यक्रमसँगै काठमाडौँ उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनरनिर्माण कार्य सम्पन्न भएको छ ।

सो अवसरमा राजदूत बेरीले सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसै प्रतिबद्धताको एक हिस्सास्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी गर्‍यौँ, जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्‍याउने छ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनरनिर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।”

विसं २०७२ को महाभूकम्पपश्चात्‌को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।

राजदूत बेरीले अमेरिकी सहयोगले सहयोगले बालबालिका र परिवारहरूलाई स्वास्थ्य सेवा तथा शिक्षा प्राप्ति जारी राख्‍न सक्षम बनाएको बताउनुभयो ।

“हामीले भौतिक पूर्वाधार मात्रभन्दा धेरै बनाएका छौँ, जसको प्रतीक यस स्वास्थ्य चौकीले प्रस्तुत गरेको छ । यस भवनले नेपालको प्रत्येक परिवार गुणस्तरीय स्वास्थ्य सेवा र सो सेवा प्राप्‍त गर्न सुरक्षित स्थानको हकदार होउन् भन्ने सुनिश्चित गर्नका निम्ति युएसएआईडी र नेपाल सरकारबिच रहेको सहकार्य प्रदर्शन गर्दछ ।”

राजदूत बेरीका अनुसार यी संरचनाहरूले दुई लाख ४० हजारभन्दा बढी नेपालीलाई लाभ पुर्‍याएसँगै यस हस्तान्तरणले सुरक्षित पुनरनिर्माण गर्न र नेपालका बालबालिका तथा परिवारहरूका निम्ति गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अमेरिका निरन्तर कटिबद्ध रहेको देखाउँदछ ।

“अमेरिकाको नेपालसँग ७५ वर्षदेखि मजबुत र चिरस्थायी साझेदारी रहिआएको छ र हामी हाम्रो मित्रतालाई निरन्तरता दिन तत्पर रहेका छौँ”, उहाँले भन्नुभयो ।