• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सुनकोशी र नारायणी नदिमा टर्मिनल सहितको जल यातायात सञ्चालन गरिने ★   नीति तथा कार्यक्रम: आगामी दशक ‘सूचना प्रविधि दशक’ ★   मालपोत र नापीको आधारभुत सेवा स्थानीय तहबाटै ★   मुलुकलाई वाह्य हस्तक्षेपबाट मुक्त गराउन पनि एमाले बलियो शक्ति बन्न जरुरीः ईश्वर पोखरेल ★   नीति तथा कार्यक्रम: अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सहायक सामग्री ★   मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने ★   नीति तथा कार्यक्रम: बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने ★   कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने ★   हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी



जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी हुनुभएको छ । त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ ।