२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि



अ+ अ-

विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ बजे जारी गर्नुभएको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले तीन हजार २७८, नेकपा (एमाले)का सागर थापाले दुई हजार ३४७ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार १७९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुख पदमा एमालेकी शिल्पा निराला कार्कीले दुई हजार ७०६, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार ७९९, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल ९लाल्टिन०ले ६९७ मत प्राप्त गर्नुभएको छ । रासस