२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुलाई झिनो मतान्तरको अग्रता, रेनु २४२५, विजय सुवेदी २४२३



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता झिनो मतान्तरले कायमै रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले २४२५ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४२३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ७९५ मत परेको छ । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २५५२ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १८४९ मत पाएकी छन् ।

निर्वाचन आयोगका अनुसार भरतपुर महानगरपालिकामा स्थानीय निर्वाचनका लागि १ लाख ८५ हजार ७५२ योग्य मतदाता रहेका छन् । भने ३ लाख ६९ हजार ३७७ जनसङ्ख्या भएको महानगरपालिकामा २९ वटा वडा छन् ।