२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङमा बालेनको जित र हारमा खसीको बाजी !



अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पद अहिले सर्वाधिक चासोको विषय बनेको छ । पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमाले) का लागि पनि प्रतिष्ठाको विषय बनेको यहाँको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाउँदै गर्दा यो महानगरपालिका मात्र नभई मुलुकभर यसको बढी चर्चा भएको छ ।

पछिल्लो मतगणनामा स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार ४५७ मत हासिल गर्दा एमाले उम्मेदवार केशव स्थापितले एक हजार ४२७ र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार १६८ मत पाउनुभएको छ । त्यसैले यसपटकको निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेनले मेयर पद उछिट्याउने हुन् की भन्ने अनुमान गरिएको छ ।

यसैबीच काठमाडौँ महानगरको निर्वाचनमा भइरहेको मतगणनालाई लिएर खोटाङमा बालेनको जित र हारलाई लिएर बाजी परेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फुँयाल र सोही वडा बस्ने रमेश खड्का बीच बाजी परेको छ ।

साक्षी किनारा राखी गरिएको कागजअनुसार यदि बालेन शाहले मेयर पदमा जिते खड्काले २८ केजीको खसी दिने र बालेनले नजितेको अवस्थामा फुँयालले खड्कालाई २८ केजी खसीको मूल्यबराबर रकम भुक्तानी गर्ने सहमति भएको छ ।