११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा नेमकिपाले बनायो फराकिलो अग्रता



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको मेयर पदमा आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

प्रजापतिले नौ हजार ४०८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले एक हजार ७०३ मत मात्र ल्याएका छन् । त्यस्तै नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले एक हजार १०० र नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले ३१६ मत हासिल गरेका छन् ।

नेमकिपाको बिरासत मानिएको भक्तपुर नगरपालिकामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि मेयर पदमा प्रजापति फराकिलो मतान्तरले विजयी भएका थिए । त्यतिबेला प्रजापतिले २५ हजार ७३० मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले छ हजार ५६० मात्र भोट ल्याएका थिए ।

अहिले सो नगरपालिकाको उपमेयर पदमा पनि नेमकिपाले नै अग्रता बनाएको छ । नेमकिपाका उपमेयर उम्मेदवार रजनी जोशीले नौ हजार ५६८ मत पाउँदा एमालेकी रञ्जना खर्बुजाले एक हजार २०५ मात्र मत हासिल गरेकी छिन् ।