१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ



अ+ अ-

लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । 

गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर गाउँपालिका–१ निवासी ३४ वर्षीय रामप्रकाश भन्ने पशुपति यादवलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीको लच्का पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । 

लागुऔषध मुद्दामा यादव गत जेठ २० गते पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।