२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।

महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम भइरहेको बताउनुभयो । “मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्” उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।” उहाँका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ ।

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादकपदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणका पुगेको जनाइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । जिल्लाका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् ।
निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार निर्वाचन सुरक्षार्थ कञ्चनपुरमा झण्डै तीन हजारको संख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउने कार्य भइरहेको उहाँको भनाई छ ।