१९ आश्विन २०८१, शनिबार
,
Latest
नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु शम्भुले सिकागो म्याराथनमा दौड्ने त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध १३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग नवरात्रको तेस्रो दिन आज शक्तिपीठमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट कुटनीति अघि बढाउँदै शाहिद अफ्रिदी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहिद अफ्रिदीले क्रिकेट कुटनीति मार्फत नेपाल र पाकिस्तान बीचको सम्बन्ध झनै मजबुत हुने बताउनुभएको छ ।  

मैत्रिपूर्ण खेलको लागि नेपालमा रहनुभएका अफ्रिदीले न्युजपोलारसँग भन्नुभयो, ‘विश्वका अग्ला हिमालले मात्र होईन  नेपाल क्रिकेटसँग पनि पाकिस्तान जोडिन सक्छ ।’

नेपाली क्रिकेट खेलाडीहरु निकै सक्षम पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘नेपालको क्रिकेट विकासको लागि म पाकिस्तान खेलाउने वातावरण मिलाउँछु ।’

चार दिने नेपाल भ्रमणमा रहनुभएका अफ्रिदीले नेपाल साँच्चै सुन्दर देश रहेको र आफू परिवारसहित घुम्न आउने योजना पनि रहेको सुृनाउनुभयो । 

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘यसपटक म एक्लै आएँ परिवारसहित आउँदा छिट्टै फर्कन पर्देन , काठमाडौंबाहिर घुमेर मजा लिन्छु ।’