७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जजिरा एयरवेजको जहाज बिहान १ः४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने



अ+ अ-

काठमाडौं । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो ।

यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई सेवा दिँदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ ।

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले जनाएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ । एयरवेजले आज उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने जनाएको छ ।

सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ । जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ । यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ ।