२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको विकास गर्ने एकमात्र पार्टी एमालेः अध्यक्ष ओली



अ+ अ-

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।

अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।”

गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो । एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उहाँको दाबी थियो । दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताउनुभयो ।