२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद खेल्ने सञ्जुको सपना अधुरै



अ+ अ-

नेपालका लागि स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरी यो संसारबाट अलबिदा भएकि छिन् । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेकि हुन् ।

सञ्जुले सोमबार राति आफु बस्ने घरको भुइँतलाको कोठामा सलले पासो लगाएर ‘आत्महत्या’ गरेकी हुन् । उनि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । सञ्जुको आत्महत्याले समग्र खेलकुदवृत्त स्तव्ध बनेको छ ।

प्रहरीले सञ्जुको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको छ । उनिले ६ महिनाअघि मात्र नेपाल प्रहरीको जागीर छोडेकि थिइन् ।
आफ्नो करिअरमा सकारात्मक रहेकि सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी र सफलताको लक्ष्य निर्धारण गरेकी थिइन् । भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने लक्ष्य थियो ।

 

 




भर्खरै