२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद खेल्ने सञ्जुको सपना अधुरै



अ+ अ-

नेपालका लागि स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरी यो संसारबाट अलबिदा भएकि छिन् । १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी भारत्तोलन खेलाडी सञ्जु चौधरीले ‘आत्महत्या’ गरेकि हुन् ।

सञ्जुले सोमबार राति आफु बस्ने घरको भुइँतलाको कोठामा सलले पासो लगाएर ‘आत्महत्या’ गरेकी हुन् । उनि प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । सञ्जुको आत्महत्याले समग्र खेलकुदवृत्त स्तव्ध बनेको छ ।

प्रहरीले सञ्जुको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याएको छ । उनिले ६ महिनाअघि मात्र नेपाल प्रहरीको जागीर छोडेकि थिइन् ।
आफ्नो करिअरमा सकारात्मक रहेकि सञ्जु एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा छानिएकी र सफलताको लक्ष्य निर्धारण गरेकी थिइन् । भारत्तोलन खेलाडीको कीर्तिमान राखेकी उनको एसियाली खेलकुदमा शीर्ष पाँचभित्र पर्ने लक्ष्य थियो ।