२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेदः अध्यक्ष ओली



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताउनुभयो । पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उहाँको भनाइ थियो ।

“मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्”, अध्यक्ष ओलीले भन्नुभयो । विगतदेखि नै श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच मालिकको पाइएको उहाँले बताउनुभयो । सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताउनुभयो । शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन तथा उनीहरुलाई सम्मानजनक रुपमा बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँको धारणा थियो ।

काठमाडौँ महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले आफू प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउनेलगायत काम गरेको अध्यक्ष ओलीले बताउनुभयो ।