६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पायो २१४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र जिम्बावेबीचको एकदिवसीय शृङ्खलाको अन्तिम प्रतियोगितामा नेपालले जितका लागि २१४ रनको लक्ष्य पाएको छ ।

चिसो मैदानका कारण खेल अवधि घटाएर ३३ ओभरमा झारिएको खेलमा टस हारेर सुरुआती ब्याटिङका लागि उत्रिएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाई २१३ रन बनायो ।

उसका लागि टाडिवानासे मरुमानीले सर्वाधिक ५० रन बनाए । ३१ बल खेलेका उनको ब्याटबाट दुई छक्का र सात चौका बनेको थियो । त्यस्तै कुत्जाई मुन्द्जेले ३९ र रोय काइयाले ३६ रन जोडे ।

नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल काकीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक महँगो सावित भए । उनले ६ ओभरमा बिनाविकेट ५६ रन दिए ।

नेपालले शृङ्खलाको पहिलो खेलमा ३ विकेटले हार बेहोरेको थियो भने दोस्रो खेलमा जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको थियो ।