१४ पुष २०८१, आईतवार
,
Latest
राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पीडितको माग अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन सल्लेरीवासीलाई पानीको चिन्ता, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा ‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जोगाउन चनाखो बन्नुपर्छ– ओली



kf]v/f,@^ j}zfvM cfd;efnfO{ ;Daf]wg ub}{ cWoIf cf]nL g]skf -Pdfn]_åf/f kf]v/fdf ;f]daf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL. tl:a/M /flwsf sF8]n÷/f;;
अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरामा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको मतबाट जित्ने सम्भावना नरहेकाले पाँच दलीय गठबन्धनले मत्रपत्र च्यात्न सक्ने भएकाले कार्यकर्तालाई चनाखो हुन निर्देशन दिएका हुन् ।

गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भने, “गठबन्धनले भोट जित्दैन, यिनीहरुमा मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेको छ, भरतपुरमा पहिला त्यस्तै गरेका हुन्, त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न ।”

पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ तर यहाँ त पाँचवटा बाँदर छन् भन्दै ओलीले मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु नहुने बताए ।

पोखरामा गठबन्धनको आमसभामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर दिएको चेतावनीप्रति अध्यक्ष ओलीले भने, “कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० गतेबाट प्रस्ट हुनेछ ।”

अध्यक्ष ओलीले आफूले बोलेको कुरा बुझ्ने बुद्धिजीवीले नेपालमा थोरै मात्र भएको बताए । आफूले शास्त्रको कुरा गर्दा उखान टुक्का भनेर उडाएको भन्दै उनले एमालेलाई सिध्याउनकै लागि आफूले बोलेको कुरालाई बंग्याएर प्रस्तुत गर्न खोजिएको आरोप लगाए ।