२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः कोलकातालाई हराउँदे लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ५३ औँ खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको थियो ।

जवाफमा कोलकाताको टोली १४.३ ओभरमा १ सय १ रनमा सिमित भयो । केकेआरका आन्द्रे रसेलको तुफानी इनिङ्स खेर गयो ।

कोलकाताको १०१ रनमा रसेलको ४५ रनको योगदान थियो । उनले १९ बलको इनिङ्समा तीन चौका र पाँच छक्का प्रहार गरे । १३ औं ओभरमा आवेश खानले रसेललाई पेभिलियन पठाए ।

यो खेलमा लखनउका दुई बलरले मेडेन थ्रो समेत गरे । केकेआरको इनिङ्समा मोहसिनले पहिलो ओभरको विकेट मेडेन बनाएका थिए ।

केकेआरको इनिङ्सको सातौं ओभरमा आवेश खानले विकेट मेडेन बोल्ड गरे । यो ओभरमा आवेशले नितिशलाई पेभिलियन पठाए र कुनै रन दिएनन् । प्लेयर अफ द म्याचको अवार्ड आवेशले पाए ।

यो जितसँगै लखनउको टोली गुजरातलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट ८ जितसहित १६ अंक छ । लखनउको टोलीले तीन खेल मात्र हारेको छ । गुजरातको पनि ११ खेलबाट १६ अंक छ, तर नेट रन रेटमा लखनउ गुजरातभन्दा धेरै अगाडि छ । लखनउको नेट रन रेट ०.७०३ छ भने गुजरातको नेट रन रेट ०.१२० छ ।

यो हारसँगै कोलकाताको प्लेअफ पुग्ने आशामा धक्का लागेको छ । टोली प्लेअफको दौडबाट झण्डै बाहिरिसकेको छ । केकेआरको ११ खेलमा चार जित र सात हारका साथ आठ अंक छ । लखनउको अर्को खेल मे १० मा गुजरातसँग हुनेछ । जुन टोलीले त्यो खेल जित्छ अंक तालिकाको शीर्ष स्थानमा रहनेछ । त्यस्तै कोलकाताको टोलीले मे ९ मा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।