४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनाव प्रचारमा हिँडेको गाडीबाट खसेर मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नंको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।