२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४८.७३ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ ।

सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, अन्य, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । जीवन बीमा, लगानी, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेप्से परिसूचक ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेको छ । तर यता नेपाल फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा ४ करोड ७३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरी र नेपाल फाइनान्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।