४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

जगेडा २०० मेगावाट विद्युत विक्रीका प्राधिकरणद्वारा टेन्डर आह्वान

जगेडा २०० मेगावाट विद्युत विक्रीका प्राधिकरणद्वारा टेन्डर आह्वान
अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा खपत गरी जगेडा रहने २०० मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा भारतमा विक्रीका लागि टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले नेपालका जलविद्युत् आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् विक्रीका लागि शुक्रबार टेन्डर आह्वान गर्दै भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले आगामी असार १७ गतेदेखि कात्तिक २९ गतेसम्म पाँच महिना मुलुकभित्र खपत भई जगेडा भएको विद्युत् विक्री गर्न लागेको हो ।

विद्युत्का लागि भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमतिप्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत् वितरणहरु कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने बताइएको छ ।

भारतीय बजारमा नेपालले ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्ने स्वीकृति पाएको छ । अहिलेलाई प्रतिस्पर्धामा बढी दर कबोल गर्ने कम्पनीलाई २०० मेगावाट विद्युत् विक्री गर्ने गरी प्राधिकरणले टेन्डर आह्वान गरेको हो ।

विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी जेठ १३ गते मध्याह्न १२ बजेसम्म प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ । सोही दिन प्रस्ताव खोलिने छ । विद्युत् खरिद गर्न इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम विद्युत् खरिद गर्न प्रस्ताव पेस गर्न सक्ने छैनन् ।

प्राधिकरणले आह्वान गरेको टेन्डरमा कम्पनीहरुले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ० प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्ने उल्लेख छ ।

मुलुकभित्र खपत भई जगेडा रहने विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्पmत निर्यात हुनेछ । प्राधिकरणको स्वामित्वमा रहेका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमस्र्याङ्दी र निजी क्षेत्रको गिन भेन्चर्स लिमिटेडको लिुख–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् विक्रीका लागि स्वीकृति पाएको छ ।