२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीप्रति राजेन्द्र श्रेष्ठको व्यंग्यः दुधलाई कुर्न बिरालो राखियो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र शेष्ठले नेकपा एमालेका नेता केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले जनताले स्थानीय र प्रतिनिधि सभा चुनावमा नेकपा एमालेलाई विश्वास गरेर मत दिएको तर सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भने संविधानको हत्या गरेको आरोप लगाएका हुन् ।

नेता श्रेष्ठले भने ‘ओलीले दुईपटक संसद विघटन त गरे पुनस्र्थापना भइसकेपछि पनि प्रतिशोधको भावनाले संसदलाई बन्धक बनाए । दुधलाई कुर्न बिरालोलाई साक्षी राखेजस्तो भयो । जब बिरालोलाई दुध कुर्न लगाइन्छ त्यसले सबै दुध खाइदिन्छ । त्यसरी नै ओलीले संविधान, लोकतन्त्र, संघियता खान खोजे ।’