१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र जसपाले नाम नदिएपछि आज मन्त्रिपरिषद बिस्तार नहुने



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई नबुझाएपछि  आज मन्त्रिपरिषद विस्तार नहुने भएको छ । 

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको थियो । 

सोमबार नै नबगठित नेकपा एकिकृत समाजवादीले  आफ्ना दलको तर्फ बाट सरकारमा सहभागी हुने व्यक्तिहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची नदिएपछि मन्त्रपिरिषद् बिस्तार आजलाई टरेको हो । 

सरकार गठन भएको साढे दुई महिना भन्दा बढी समय हुदा चार मन्त्री र सयुक्त राष्ट्रसंघको महासभा भाग लिन अत्यावश्यक परेपछि डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्ति  गरिएको थियो । 

तर सत्ता गठबन्धनबिच मन्त्रालयको संख्या टुङ्गो लागेपनि कुन मन्त्रालय भन्ने तय भने भएको छैन । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।