२३ मंसिर २०८२, मंगलवार
,
Latest
लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा जगन्नाथको उम्मेदवारी फिर्ता गराउने काग्रेस शीर्ष नेताको प्रयास , फिर्ता हुदैन पौडेल



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन काग्रेस सभापति शेरबहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलल लगायतका नेताहरुले प्रयास गर्नुभएको छ ।

तर उहाँको दवाबलाई मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले अस्वीकार गरिदिनु भएको छ । आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल संगको छलफलमा पनि पौडेलले आफुहरु धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बताउदै चुनाब प्रचारका निस्कनु भयो ।भेटमा प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठ पनि रहनु भएको थियो ।

भेटमा उहाँहरुले बरिष्ठ नेता पौडेललाई कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गरेका थिए । पौडेललाई सभापति देउवाले भेट्न खोजे पनि उहाँहरु चुनबाी प्रचारमा गएका कारण भेट भएन ।