२० माघ २०८१, आईतवार
,
Latest
ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु… ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’विरुद्ध नेपालको सानदार जित



अ+ अ-

काठमाडौं । नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एलाई ८ विकेटले हराएको छ ।

जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ८७ रनमा अविजित रहे । उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरे ।

यस्तै,कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका हुन् ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जोंगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चिँदै २ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिए । तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।

योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । अब नेपाल र जिम्बावे ए बीच तीन एकदिवसिय अभ्यास खेल हुनेछ ।