६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यादी हुँ भन्दै सामाजिक संजालमा भाईरल बनेका युवक पक्राउ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने १६ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीय नवराज रेग्मी कपिलवस्तु बाणगंगा नगरपालिका–४ का हुन् ।

केहि दिन अघि म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएका १६ वर्षीय नवराज रेग्मी यतिबेला फेसबुक, टिकटक, युट्युब सबैतिर भाईरल भएका थिए । प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भिडियोमा उनले आफू म्यादी प्रहरी भएको र भिडियोमा उनले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

केहि दिनअघि भाईरल भएको उनको भिडियो: