२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाम वालेकुम भन्दै विमानस्थलमा बमको सुचना, त्यस पछि के के भयो ?



अ+ अ-

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्डलाईन टेलिफोनमा एक पुरुषले विदेशको नम्बरबाट बिहान ९ः ४० बजे फोन गर्यो ।

उसले सलाम वालेकुम भन्दै विमानस्थलको आन्तरिक टर्मिनलतर्फ सात सात वटा बम रहेको र दुई घण्टामा पड्किने बतायो । सोही व्यक्तिले फेरी ९ः५० मा फोन गरेर सोही कुरा भन्यो । ९ः४० देखि ९ः५० को अवधिमा त्यस नम्बरमा तीन वटा कल आएको छ । ती नम्बरहरुबारे हामी अनुसन्धान गर्दैछौँ ।

यसबारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई पनि सूचित गरेका छौँ । सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विष्फोट हुँदैछ भनेपछि हामीले तत्कालै टर्मिनलभित्र रहेका यात्रु विमानका कर्मचारी र अन्य व्यक्तिहरुलाई बाहिर पठायौँ ।

आन्तरिकतर्फको क्षेत्र खाली गराएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित नेपाल प्रहरीको सहयोगमा सर्च भयो । करिब एक घण्टा सर्च गर्दा त्यस्तो वस्तु भेटिएन । त्यसपछि उडानहरु सुचारु गरेका छौ । करिब एक घण्टा उडान अवरोध भएका कारण बेलुका सम्म सबै अबरोध भएका उडानहरु सुचारु हुन्छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलासंग गरिएको कुराकानीमा आधारित