२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय स्वास्थ्य सेवा प्राथमिकतामा: मुख्यमन्त्री



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज पोखरामा आयोजित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा गोष्ठीमा उहाँले प्रदेशवासीलाई स्वास्थ्य सेवाको सहज पहुँच अभिवृद्धिका लागि सरकार निरन्तर लागेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका साथै प्रदेशवासीलाई खोप उपलब्ध गराउनका लागि सरकार लागिरहेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले सरकारले प्रदेशमा सर्वसाधारणको स्वास्थ्य रक्षालाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । कोरोनाको रोकथाम र नियन्त्रणका लागि खोपको व्यवस्था गर्न निरन्तर लागिएको बताउँदै उहाँले प्रदेशभित्र छ लाख ८५ हजार ५८० जनाले पहिलो मात्रा र पाँच लाख ९१ हजार ९४७ ले दुवै मात्रासमेत लगाइसकेको जानकारी दिनुभयो ।

प्रदेशका अर्थमन्त्री रामजी बराल९जीवन०ले कोरोना महामारीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी प्रशंसायोग्य भएको बताउनुभयो । स्वास्थ्य सेवाको गुणस्तरीयतालाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले स्वास्थ्य सेवा व्यवसाय नभई सेवा क्षेत्र भएको कुरा सबैले मनन गर्नुपर्नेमा जोड दिनुभयो । कोरोना सङ्क्रमितको उपचारमा ज्यानको बाजी राखेर खट्ने स्वास्थ्यकर्मीको भूमिका उच्च प्रशंसायोग्य भएको उहाँले बताउनुभयो ।