१४ आश्विन २०८१, सोमबार
,
Latest
आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका उम्मेदवार राजु फुयालद्वारा भ्रष्टाचार नगर्ने कसम



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार राजु फुयाँलद्वारा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । गत वैशाख ११ गते मेयर पदको लागि उम्मेदवारी दिएका फुयालले भगवान पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खादैँ खाएका हुन् ।

राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फुयाँलले आफूलाई परिवर्तनका पर्याय हौं भन्ने काङ्ग्रेस, कम्युनिस्ट लगायतका राजनीतिक दलहरूले लगाएका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सिमित हुन आफुहरुले भने प्रतिबद्धता पत्र बमोजिम नै जनताको सेवा गर्ने बताएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसको उपेन्द्र कार्की, नेकपा समाजवादी तर्फबाट कृष्णहरि थापा, एमाले तर्फबाट रामशरण ढुंगाना, राप्रपाका राजु फुयाँल, राष्ट्रिय जनमोर्चाका सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवारहरु पुरुषोत्तम शर्मा चापागाईं, टप बहादुर थापा, बरुण कुमार लामा, मनिल फुयालको मेयर पदमा उम्मेदवारी परेको छ ।

नेकपा समाजवादीका उम्मेदवार कृष्ण हरि थापा गत स्थानीय निर्वाचनमा मेयर पद कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरी निर्वाचित भएका थिए ।