२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई



sf7df8f}F, !( j}zfv . /fi6«klt ljBfb]jL e08f/L;Fu gfltsfhL /fli6«o ;+uLt ;Ddfg tyf k’/:s[t JolQmTjx? . tl:a/ M /Tg >]i7, /f;; .
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उहाँले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको हो ।

विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७७ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बि बि थापा, शहदेव ढुङ्गाना, प्रभु ढकाल, शिला पन्त, सीताराम पोखरेल, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनीले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७७ अरुण तिवारी, सन्तोष श्रेष्ठ, निशा देशार र शिव परियारलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७७ डिपी दाहाल, अर्जुन पोखरेल, सिन्धु मल्ल र अजर जङ्गमले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन तथा वाद्य पुरस्कार एलिस कार्की ढली पाउनुभएको छ । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनालीले पाउनुभएको छ । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, २०७७ अमृतहिरा तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार कृष्ण कँडेलले प्राप्त गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको उहाँको भनाइ छ । नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ ।”

समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लाग्नुभएको उल्लेख गर्नुभयो । पुरस्कृत व्यक्तित्व एसपी कोइरालाले पुरस्कारले थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।