२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका–१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्‍चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।