काठमाडौं । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह ले गृह सचिव टेकनारायण पाण्डेबाट बिहान दर्ज्यानी चिन्ह लगाउनु भयो ।
त्यस लगत्तै सिंह प्रहरी प्रधान कार्यलयमा रहेकाे प्रहरी स्मारकमा पुगी माल्यार्पण गर्नुका साथै महानिरिक्षकको कार्यलयमा पदबहाली गर्नुभयो ।
नेपाल सरकार मन्त्रिपरिषदको २०७९ वैशाख १८ गतेको निर्णयअनुसार वैशाख १९ गतेबाट लागू हुने गरी उहाँ पदोन्नति हुनु भएको थियो ।