११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा विशेष अधिवेशन आह्वान, मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पनि लिने भएका छन्। त्यसका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । आज बिहान मात्रै प्रदेश मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकबाट असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो । 

जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था छ।

१०४ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन्। जनता समाजवादी पार्टी (जसपा) टुक्रिएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।