२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरे: माधव नेपाल



अ+ अ-

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी कार्यालयमा भएका एकिकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले आफूले जनताको सेवा गरेपनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताउनु भयो । अध्यक्ष नेपालले आफूलाई इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे । के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे । ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरु गरे । लुट्ने चुस्ने काम केपी ओलीले गरे । देश र जनताको सेवा गर्ने काम हामीले ग-यौं । दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले ग-यौं । हामीले राज्यको सम्पतिको सदुपयोग हुनुपर्छ भन्यौँ । उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए । गफमा उनी अगाडि छन् । काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी काममा अत्यन्त फास्ट हामी । हामी इमान्दारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई राष्ट्रियसभाको चुनावबाटै धुलो चटाएको उल्लेख गर्दै स्थानीय तहमा पनि निरन्तरता दिने बताउनु भयो । उहाँले सबै महानगर र उपमहानगरमा उठ्नेहरुलाई जिताउन अभियान थाल्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।