४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ: गभर्नर अधिकारी (पूर्णपाठ सहित)

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छ: गभर्नर अधिकारी (पूर्णपाठ सहित)
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताउनु भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताउनु भएको हो । उहाँले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताउनु भयो ।

गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको बताउनु भयो । कोरोनाविरुद्धको खोपको पहुँच बढेकोले आर्थिक गतिविधि बढ्दै गएको भन्दै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको बताउनु भयो । गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्न सक्ने बताउनु भयो । चालू आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा आर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ खोपको उपलब्धताका कारण महामारीको असर क्रमश कम हुँदै गएको अनुभव गरेका छौं ।कोभिडको असर कम भएसँगै आर्थिक गतिविधिहरुमा सुधार आएको छ । उद्योग तथा होटलहरुको अकुपेन्सीमा सुधार आएको अवस्था छ । कोभिड महामारीको कारण चालु आर्थिक वर्षको सुरुवात महिनामा आर्थिक गतिविधिहरु सिथिल रहे । राष्ट्र बैंकको कोभिड–१९ को असर सर्वेक्षण प्रविदेनले ४.२ उद्योगमात्रै बन्द भएको देखिएको थियो ।अर्थतन्त्र पुरउत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८÷७९को सुरुवातमा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवात देखि नै सोधानान्तर स्थिति घाटामा रहन गयो । उक्त घाटा क्रमश बढ्दै गएकाले विदेशी विनिमय सञ्चिति घट्न गएको छ ।

विदेशी विनिमय सञ्चिति घटेर ७ महिना भन्दा कम समयको लागि बस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको छ । देशको बाह्य क्षेत्र केही दबाबमा रहेको हुँदा समाधान गर्न नीतिगत पहल भइरहेको र विदेशी विनिमय सञ्चितिको दबाब कम गर्ने पहल भइरहेको छ । कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने देखिएको छ । अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवात देखि नै सोधानान्तर स्थिति घाटामा रहेको छ । यो केही समय कायम रहने देखिन्छ । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर रहेको छ । आगामाी दिनमा थप काम गर्न राष्ट्र बैक प्रतिबद्ध छ । थप उपायहरु नेपाल सरकारले हिजो मात्रै गरेको छ । आयात बन्देजको सल्लाह राष्ट्र बैंकले दिएको हो, कार्यान्वयन गरौं । सबै सरोकारवालाहरुको सहयोग हुने आशा गरेको छु ।’

त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताउनु भयो । उहाँले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताउनु भएको हो । उहाँले अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक रहेको बताउनु भयो ।

अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको मिश्रले बताउनु भयो । उहाँले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताउनु भयो । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । उहाँले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताउनु भयो । पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली नोटलाई चलनचल्तीका ल्याउने उद्देश्यका साथ स्थापना भएको नेपाल राष्ट्र बैंक अहिले भौतिक मुद्रा विस्थापन गरी डिजिटल करेन्सी चलाउनु पर्ने स्थिति तर्फ अग्रसर भएको छ । हाम्रा खाना, हाम्रा नाना र हाम्रो छाना सबै आयातित हुनुको परिपक्षमा बाह्य क्षेत्रमा दबाब देखिएको छ । दबाब कम गर्न राष्ट्र बैंक लागेको छ । अर्थतन्त्रको आवश्यकता बमोजिक केन्द्रिय बैंकको कहिले लचिलो त कहिले कसिलो हुनु पर्ने हुन्छ । बैंकले सोही बमोजिमको भूमिका निर्वाह गरिरहेको छ । कोभिडका बेला केही बैंक लचिलो भयो । अहिले कसिलो बन्नु पर्ने स्थिति छ । हाम्रो हरेक क्रियाकलाप पद्धति अनुसार सञ्चालन हुन्छन् । हुनुपर्छ । जसको प्रभाव प्रणालीमा पर्छ।’

कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/NRB-67th-Anniversary-Governors-Speech-01-14.pdf” title=”NRB 67th Anniversary Governor’s Speech 01-14″]