३ श्रावण २०८३, आईतवार
,
Latest
सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ एकताको घोषणा गर्दै गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा सुरु दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल नेपाली काँग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, पार्टी एकता संकटमा परेको ठहर संस्थापन इतर पक्षले भन्यो–नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्युत् प्राधिकरण भरतपुरद्वारा राजश्व सङ्कलन



अ+ अ-

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा।लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन् । उहाँका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०÷३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन् ।