२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्युत् प्राधिकरण भरतपुरद्वारा राजश्व सङ्कलन



अ+ अ-

चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत रु एक करोड ५७ लाख ३९ हजार ९७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा।लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन् । उहाँका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०÷३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु प्नि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन् ।