१६ असार २०८३, मंगलवार
,
Latest
टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी अंगमा पटक–पटक नछुनुस्



अ+ अ-

काठमाडौं । शरीरका कुनै क्षेत्र यस्ता संवेदनशील हुन्छन्, जहाँ पटक–पटक हात लगाउँदा विभिन्न संक्रमण हुनुका साथै रोग नै लाग्न सक्छ । एक्सपर्टका अनुसार यस्ता अंगमा अतिआवश्यक समयबाहेक पटक–पटक हात लगाउनुहुँदैन ।

कानमा कहिल्यै पनि औँला वा अरू वस्तुले पटक–पटक घोच्नुहुँदैन । मेडिसिन आफ युएससीको हेड एन्ट नेक सर्जरीका प्रमुख प्रोफेसर नोन के निपार्कोलेभ नेकाले भनेका छन्, ‘कानमा औँला या कुनै चिजले खोतल्दा झिल्ली फाट्ने सम्भावना अत्यधिक हुन्छ ।’

छाला रोग विशेषज्ञ अदनान नसिरले भनेका छन् कि तपाईंले अनुहार सफा गर्दा वा क्रिम लगाउँदाबाहेक आफ्नो पञ्जालाई अनुहारबाट टाढा राख्नुस् । किनभने, हातलाई जस्तोसुकै ठाउँमा पनि राख्न सकिन्छ, त्यसैले हातमा रोगका जीवाणु सर्छन् । त्यस्तो हातले पटक–पटक अनुहार छुँदा बिरामी हुने र थकान बढ्ने समस्या हुन सक्छ ।

पुछ्ने र धुने समयबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । हार्वरब्यु मेडिकल सेन्टरको आफ्टर केयर मेडिकल डाइरेकटर एमडी जेयर्ड डब्लू क्लेनले भनेका छन्, ‘नितम्बमा पटक–पटक छुँदा खराब व्याक्टेरियाका कारण समस्या सिर्जना हुन्छ । यदि नितम्बलाई छुन आवश्यक परेमा पहिले राम्रोसँग हात धुन जरुरी छ ।

आँखमा कसिंगर परेको अवस्था या सफा गर्ने समयबाहेक हात राख्ने गर्नुहुँदैन । आँखामा पटक–पटक छुँदा रोगका जीवाणु प्रवेश गर्छन् । जसले आँखामा इन्फेक्सन हुने खतरा हुन्छ । आँखालाई मिच्ने पनि गर्नुहुँदैन ।

मुखमा औँला राख्ने बानी पनि गर्नुहुँदैन । एउटा रिसर्चले भनेको छ कि एक घन्टाको समयमा मानिसले औसत २३ दशमलव ६ पटक औँला मुखमा राख्ने गर्छन् । व्यस्त समयमा पनि ६ दशमल ३ पटक मुखमा औँला राख्ने मान्छेको बानी हुन्छ । तर, यसो गर्दा मानिसमा एकतिहाइ रोगको संक्रमण प्रवेश हुने अध्ययनले देखाएको छ ।

हस्पिटल एपिडेमायोलजी जर्नलमा २००६ मा प्रकाशित नाक, कान र घाँटीबारे अध्ययनले नाकमा औँला राख्दा शरीरमा स्टेफाइलोकाक्स ओरस नामक ब्याक्टेरिया प्रवेश गर्ने सम्भावना हुन्छ, जुन निकै खतरनाक मानिन्छ । जसले शरीरमा कैयौँ इन्फेक्सन गराउँछ ।

नङभन्दा तलको छालामा पनि कैयौँ ब्याक्टेरिया हुन्छन् । ब्रिटिस छाला रोग केन्द्रका विशेषज्ञ डेविड डे बर्करले भनेका छन्, ‘नङलाई सधँ छोटो राख्न आवश्यक छ । यसो गर्दा उक्त स्थानमा हुने ब्याक्टेरियाको मात्रालाई घटाउँछ । र, नङमा भएको फोहोर हटाउन जहिले पनि नेल ब्रसको प्रयोग गर्नुपर्छ ।