५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस प्रवक्ताको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनु भएको हो । ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उहाँले खेद् प्रकट गर्नुभयो । ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दापनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘आचारसंहितालाई धज्जी उडाएर आफुखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लो स्तरबाट जसरी कुराकानी आइराख्या छ । स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द केही समय अगाडी उहाँले बोल्ने क्रममा हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो पार्टीलाई लिएर जस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ । र यो निर्वाचन आयोगले यस सम्बन्धमा हामी गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहान्छौँ ।

नेपाली कांग्रेस पार्टीले एकदम शालिनतापूर्वक राखेका विषयमा पनि यहाँ पत्र आइहाल्छ । तर यस्तो घोर आपत्तिजनक बोल्नै नमिल्ने आचारसंहिताको बेलामा मात्रै होइन अघिपछि पनि बोल्न नमिल्ने अभिव्यक्तिहरु आइराख्या छन् तर केही पनि नभएको जस्तो रुपमा उहाँहरुलाई मात्रै यो जे पनि बोल्ने, गर्ने छुट भएजसरी जुन आएको छ यसकाप्रति पनि हामी गम्भिर ध्यानाकर्षण गर्न चाहान्छौँ ।’

एमाले अध्यक्ष ओलीले मंगलबार नै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गर्नुभएको थियो । प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको हो । उहाँले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुुभयो ।