१६ असार २०८३, मंगलवार
,
Latest
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका ७५ प्रतिशतले खोप लगाए, देउवा सरकारको प्रतिबद्धता पूरा हुँदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका कम्तीमा पनि ७५ प्रतिशत लक्षित बर्गका नागरिकले कोरोना भाइरसका विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको एक तथ्यांकमा सो कुरा जनाइएको छ ।       

मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । डा अधिकारीका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए ।

यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।   
  
गत असार २९ गते आफू प्रधानमन्त्रीमा नियुक्ति भएसँगै शेरबहादुर देउवाले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई महामारीबाट बचाउने र त्यसका लागि कोरोनाको खोप सबै लक्षित बर्गमा पुर्याउने बताएका थिए । उनी प्रधानमन्त्री हुने समयमा नेपाल कोरोनाको महामारीले आक्रान्त थियो । त्यस्तो समयमा पनि केपी ओलीको सरकारले खोपको सुश्चित गर्न सकेको थिएन । 

नेपाल सरकारले एड्भान्स रकम दिइसकेको बताइरहेको थियो तर भारतले भने खोप दिन सकेको थिएन । यता नागरिकले एस्ट्राजेनेका खोप लगाउन नपाएको चार महिना पुगिसकेको थियो तर सरकार भने भारतले खोप नदिएको भनेर मात्र प्रचार गरेको थियो । त्यस्तो अवस्थामा नागरिकले भने खोप कहिले आउँछ भनेर सामाजिक सञ्जालमा ट्रोल नै बनाएका थिए । प्रधानमन्त्री देउवाले आफ्नो कार्यभार सम्हालेपछिको पहिलो प्रतिक्रियामा खोप, खोप, खोप भनेर कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएका थिए । 

त्यसलगत्तै सरकारले आफ्ना कार्यक्रमहरु महामारीको भेलबाट नागरिकलाई बचाउने लक्षित गर्यो र भारत र चीनसँग खोपका लागि लबिङ भयो । उता अमेरिका र जापानबाट पनि नेपाललाई खोप प्राप्त भयो । यसरी कतिपय कोभ्याक्स अन्तर्गतको कतिपय खरिद गरेर र कतिपय विभिन्न देशसँग अनुदानमा खोप उपलब्ध भयो । यसरी अहिले नेपाली नागरिकले सजिलै खोप पाइरहेका छन् । दिनमा कम्तीमा पनि एक लाख नागरिकले अहिले कोरोना विरुद्धको खोप लगाइरहेका छन् ।  

राजधानी उपत्यका धेरै जनासङ्ख्या भएको, प्रायः देशभरका मानिसहरुको मिश्रित बस्ती रहेको स्थान हो । बढी जनसंख्या रहेको यो उपत्यकामा ७५ प्रतिशत नागरिकलाई खोप लगाउनु भनेको सामान्य कुरा होइन । नागरिकका अरु धेरै अधिकारमध्येको सबैभन्दा महत्वपूर्ण अधिकार भनेको बाँच्न पाउनु हो । त्यसैले सरकारले प्राप्त गरेको यो उपलब्धिलाई महत्वपूर्ण रुपमा लिनुपर्ने हुन्छ ।  

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै पनि आउनुभएको छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप प्रदान गर्दै आइरहेको छ । अहिले काठमाडौँ उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन् । यसअघि रोकिएको १२ कक्षाको जाँच पनि विद्यार्थीलाई खोप लगाएर पुनः सुचारु भयो र परीक्षा पनि सकियो ।