११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठकको समय परिवर्तन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बैठकको मिति समय परिवर्तन भएको छ। एमालेको विधान अधिवेशनसँग जुध्ने भएपछि असोज १७ गते १ बजेका बस्नेगरि तय भएको राष्ट्रिय सभाको बैठक अब असोज १८ गते बिहान ११ बस्ने भएको छ । 

नेकपा एमालेले ललितपुरको गोदावरीमा असोज १५, १६ र १७ गते विधान अधिवेशन गर्दैछ। एमालेका सांसदहरू अधिवेशनमा सहभागी हुनुपर्ने भएपछि राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको हो। यद्यपी संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी सुचनामा भने विषेश कारणबस बैठकको मिति परिवर्तन हुन गएको बताईएयको छ । 

त्यस्तै प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गतेका लागि बोलाईएको छ । आज बसेको बैठकमा एमालेका सांसदहरुको विरोध कायमै रहेको थियो । तर पनि बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहाखदुर कार्कीले  'महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ ' पेश गरेका थिए ।