२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठकको समय परिवर्तन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको बैठकको मिति समय परिवर्तन भएको छ। एमालेको विधान अधिवेशनसँग जुध्ने भएपछि असोज १७ गते १ बजेका बस्नेगरि तय भएको राष्ट्रिय सभाको बैठक अब असोज १८ गते बिहान ११ बस्ने भएको छ । 

नेकपा एमालेले ललितपुरको गोदावरीमा असोज १५, १६ र १७ गते विधान अधिवेशन गर्दैछ। एमालेका सांसदहरू अधिवेशनमा सहभागी हुनुपर्ने भएपछि राष्ट्रिय सभाको बैठकको मिति र समय परिवर्तन गरिएको हो। यद्यपी संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी सुचनामा भने विषेश कारणबस बैठकको मिति परिवर्तन हुन गएको बताईएयको छ । 

त्यस्तै प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गतेका लागि बोलाईएको छ । आज बसेको बैठकमा एमालेका सांसदहरुको विरोध कायमै रहेको थियो । तर पनि बैठकमा वार्षिक प्रतिवेदन पेशमा प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहाखदुर कार्कीले  'महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ ' पेश गरेका थिए ।