३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश स्थानमा सत्ता गठबन्धनको उम्मेदवारी दर्ता सोमबार हुने



अ+ अ-

काठमाडौँ । आइतबार बिहान १० बजेदेखि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मुलुकभरका सबै ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरु गरेको छ ।

आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार बेलुका ५ बजेसम्म समय तोकेको छ । सोमबारसम्म समय तोकिएकाले सत्तारुढ गठबन्धनले सोमबार नै उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ ।

सत्तारुढ गठबन्धनबीच ५० प्रतिशतभन्दा धेरै स्थानमा चुनावी तालमेल गरेर उम्मेदवारी दिने सहमति भएको बताइएको छ । तर कतिपय स्थानमा चुनावी तालमेलको खाका तयार नभइसकेकाले सोमबार चुनावी तालमेलसहित उम्मेदवारी दिन लागिएको छ ।

गठबन्धनको शनिबार बेलुका बसेको बैठकले आइतबार बेलुकासम्म कुन कुन स्थानमा तालमेल गर्ने भन्ने टुङ्गो लगाउने निर्णय गरेको थियो । आइतबार दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकले तालमेलको खाका कोरी उम्मेदवारको टुङ्गो लगाउने छ ।

सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगरका अध्यक्ष र उपाध्यक्षका लागि नै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।