२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री केसी



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिकलाई मानवअधिकारको प्रत्याभूति गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आज बुटवलमा आयोजित विश्वव्यापी आवधिक समीक्षासम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री केसीले द्वन्द्वका मारमा परेका नागरिकको समस्या समाधान गर्नका लागि सङ्घीय सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

मानवअधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लिङ्गीय, धार्मिक, साँस्कृतिकलगायत अधिकारको प्रत्याभूति गराउन आवश्यक भएको उल्लेख गर्नुभयो । 

लुम्बिनी प्रदेशका कानून, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले नेपालमा मानव अधिकारको अवस्थामा सुधार हुँदै गएको बताउनुभयो ।