२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेललाई ओलीको कटाक्ष – गठबन्धनसँग एमाले थरथर काँप्छ भनेर आफैंलाई पत्यार छ ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन एमालेसँग तर्सिएको प्रतिक्रिया दिएका छन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘अहिलेको गठबन्धन एमालेसँग तर्सिएर, यसलाई रातभरि ऐठन हुन्छ, झस्क्या–झस्कै गर्छ, राति सुत्यो कि एमालेलाई झल्याक्क सम्झिन्छ झस्याङ्ग हुन्छ । सुत्यो कि यसलाई ऐठन हुन्छ । किनभने यो डराउँछ एमालेसँग ।’

ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कटाक्ष गर्दै अगाडी भने, ‘ एकजना नेताले गठबन्धन देखेर एमाले थरथर काँप्छ भनेर भनेछन् । भेटे भने म तिनलाई सोध्न मन छ, ‘यो तिमि आफैंलाई पत्यार छ ?’ अदालतले जोडिदिएको थोत्रो टालोसँग एमाले डराउँछ रे ।’