२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामचन्द्र पौडेललाई ओलीको कटाक्ष – गठबन्धनसँग एमाले थरथर काँप्छ भनेर आफैंलाई पत्यार छ ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन एमालेसँग तर्सिएको प्रतिक्रिया दिएका छन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘अहिलेको गठबन्धन एमालेसँग तर्सिएर, यसलाई रातभरि ऐठन हुन्छ, झस्क्या–झस्कै गर्छ, राति सुत्यो कि एमालेलाई झल्याक्क सम्झिन्छ झस्याङ्ग हुन्छ । सुत्यो कि यसलाई ऐठन हुन्छ । किनभने यो डराउँछ एमालेसँग ।’

ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कटाक्ष गर्दै अगाडी भने, ‘ एकजना नेताले गठबन्धन देखेर एमाले थरथर काँप्छ भनेर भनेछन् । भेटे भने म तिनलाई सोध्न मन छ, ‘यो तिमि आफैंलाई पत्यार छ ?’ अदालतले जोडिदिएको थोत्रो टालोसँग एमाले डराउँछ रे ।’