२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाले पनि ‘आई लव नेकपा एमाले’ भन्छन् – अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक मानिसको मन मुटुमा एमाले रहेको बताएका छन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘आजका बालबालिकाले आफ्ना दाई–दिदी, बुबा–आमा, हजुरबुबा–हजुरआमालाई जस्तै नेकपा एमालेलाई माया गर्छन् । सोध्यो भने बालबालिकाले ‘आई लव यु नेकपा एमाले’ भन्छन् । एमालेलाई बालबालिकाले पनि लव गर्छन्, माया–आदर गर्छन् । किनभने बालबालिका यस्तो निश्चल चिज हो, निष्कपट चिज हो उसले स्वार्थको हिसाब गर्दैन ।’