३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

अर्थमन्त्री शर्मालाई पिरोलेको शाहको ४० करोड, अर्थ मन्त्रालयमा झरेको आँसु

अर्थमन्त्री शर्मालाई पिरोलेको शाहको ४० करोड, अर्थ मन्त्रालयमा झरेको आँसु
जनार्दन शर्मा। फाईल फोटो
अ+ अ-

काठमाडौंः संयुक्तराज्य अमेरिकाबाट शंकास्पद रुपमा रकम नेपाल भित्र्याउन खोजेको आरोप लागेका पृथ्वीबहादुर शाहको आँशु पुछ्न खोज्दा यतिबेला अर्थमन्त्री जनार्दन शर्मा विवादमा पर्नु भएको छ । अमेरिकाबाट स्रोत खुलाउन नसकेको भनिएको ४० करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर भित्र्याउन निकै प्रयास गरेका शाहको कदममा नेपाल राष्ट्र बैंक र त्यसमा पनि गभर्नर महाप्रसाद अधिकारी बाधक बनेपछि शर्माले गभर्नरलाई हटाउने अस्त्र प्रयोग गरे ।

गभर्नरलाई हटाउन आफु अनुकूल र आफन्त रहेको छानबिन समिति गठन गरेको भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा शर्माले भन्नुभएको थियो, एउटा नागरिक रुँदै मन्त्रालयमा आयो, म बर्बाद भएँ, मेरो पैसा रोकियो भनेपछि उनको आँशु देख्न नसकेर रकम निकाल्न दिनु भनेको हुँ ।

हाम्रो सरकार नागरिकको आँशु प्रति यति धेरै सम्बेदनशील भएको यो सायद पहिलो घटना होला । अन्तरवार्ताका क्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, मन्त्रालयमा विभिन्न समस्या लिएर सयौं नागरिक आउँछन्, कोही आर्थिक सहयोग माग्दै आउँछन्, कोही विकास निर्माणका लागि बजेट माग्दै आउँछन् । यस्तैमा एक दिन पृथ्वीबहादुर शाह रुँदै आए, म बर्बाद भएँ भने । के भएको हो कुरा बुझें, सम्पत्ती शुद्धिकरणको पत्र पनि ल्याएका रहेछन् । हेरें, पैसा रोक्नु पर्ने कुनै कारण देखिनँ, निवेदन मागें र र सचिवलाई कार्यान्वयन गर्न निर्देशन दिएको हुँ ।

अर्थमन्त्री शर्माले अझ अगाडि भन्नुभयो, नागरिकको सहयोग गर्नु त सरकारको दायित्व हो । बैंकबाट बैकमा आएको कुनै पनि पैसा अवैध हुँदैन । त्यसैले फकुवा गर्नु मेरो दायित्व र कर्तव्य हो ।

के साँच्चै अर्थमन्त्रीले भने जस्तै शंकास्पद कारोबारमा संंलग्न भनिएका शाहको आँशुले अवैध कारोबारले बैधता पाउने हो ? समाचारहरुका अनुसार शाहले शंकास्पद कारोबार गरेको यो पहिलो पटक भने होइन, पटक पटक हो । उनले यसअघि पनि विभिन्न कम्पनीहरु खोली शंकास्पद रुपमा रकम नेपाल भित्र्याउन खोजेका घटना सार्बजनिक भै सकेका छन् । स्रोत नखुलाई यस पटक पनि शाहले नेपाल भित्र्याउन खोजेको रकमका बारेमा वित्तीय शुद्धिकरण बारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । फिन्सेनको पत्र पछि नेपाल राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।

अर्थमन्त्री शर्मालाई यो प्रक्रियाप्रति पटक्कै मन परेको थिएन किनकी शाहका आँशु पुछ्ने रुमाल उहाँको खल्तीमा थियो । त्यही खल्तीको रुमाल झिक्ने क्रममा बाधक देखिएका गभर्नर अधिकारीलाई पन्छाएर उहाँ आँशु पुछ्न तल्लीन हुनुहुन्थो । तर सर्वोच्च अदालतको आदेशले अर्थमन्त्री शर्माले शाहको आँशु पुछ्न पाउनु भएको छैन । न्यायाधीश हरि फुँयालको एकल ईजलासले बैशाख १३ गतेसम्म छानबिन प्रक्रिया अघि नबढाउन र काममा अबरोध नगर्न आदेश दिएपछि करिब ४० करोडको आँशु र पुछ्ने रुमाल तत्कालका लागि उपयोगमा आउन पाएन ।

शाहले भित्र्याउन खोजेको रकम कम्प्युटर ह्याक गरेर ठगीजन्य क्रियाकलापबाट आर्जित गरेको भन्दै फिन्सेनले नेपाल राष्ट्र बैकलाई पत्र पठाएको र सोही पत्रका आधारमा राष्ट्र बैंकको वित्तिय जानकारी ईकाई (एफआईयू) ले पनि छानबिन गरेको थियो । जसका क्रममा शाहले बैध प्रक्रियाबाट रकम ल्याएको प्रमाण पेश गर्न सकेका थिएनन् । कानुनी रुपमा रकम झिक्न नसक्ने देखेपछि शाह अर्थमन्त्री शर्माकै भाषामा रुँदै शक्तिकेन्द्रहरुका पुगेका थिए । सत्ता गठबन्धनको शीर्ष तहले उनको आँशु देख्न सकेन । जसका कारण गभर्नर हटाउन नै उनीहरुले उत्तम बाटो देखे । जसका कारण सञ्चारमाध्यम, नागरिक समाज, पूर्व गमर्नरहरु लगायतका क्षेत्रबाट चर्को बिरोध हुँदा गठबन्धनका नेताहरुले देखे पनि नेदेखे झैं र सुनेपनि नसुने झैं गरिहेका छन् । किनकी शक्तिकेन्द्रलाई पनि दुःख छ, शाहको आँशु नपुछ्ने हो भने त्यो आँशुले उहाँहरुलाई पिरोल्ने छ ।