२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर र उपमहानगरमा गठबन्धनको भागबण्डा, कांग्रेसमा व्यापक असन्तुष्टि



अ+ अ-

काठमाडौं । गठबन्धनमा संलग्न दलहरुले स्थानीय तह निर्वाचन अन्तर्गत महानगर र उपमहानगरपालिकामा भागबण्डा लगभग टुंग्याएका छन् । अब नेपालगञ्ज र जनकपुर उपमहानगरपालिकामा टुंग्याउन बाँकी रहेको र त्यो पनि आज टुंगो लाग्ने बताइएको छ ।

महानगरमा भने कांग्रेसले ५० प्रतिशत आफूले लिएर बाँकी ५० प्रतिशत गठबन्धनका अरु दललाई दिएको छ । जस अनुसार काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र अरु तीनमा तीन दल छन् । चितवनमा माओवादी, पोखरामा नेकपा एस र उता विरगन्जमा जसपालाई दिने सहमति भएको छ ।

तर यस विभाजनले कांग्रेसभित्र भने व्यापक मात्रामा असन्तुष्टि सुरु भएको छ । खासगरी चितवन र पोखराका कारणले विवाद उत्पन्न भएको बताइएको छ । पोखरा र चितवनमा कांग्रेसले नै लिनुपर्ने दाबी त्यहाँका स्थानीय कांग्रेसी नेता कार्यकर्ताको रही आएको छ ।

चितवनका कांग्रेसले आफूहरुले हरेक चुनावमा माओवादीलाई भोट दिनुपर्ने बाध्यता रहेकाले अब त्यसो नगर्ने बताएका छन् भने उता पोखरामा नेकपा एसको कुनै पनि प्रभाव नरहेकाले उसलाई भोट नहाल्ने बताएका छन् ।

चितवन र पोखराका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंमै बोलाएर सहयोग गर्न भनेका भए पनि अहिलेसम्म उनीहरुले पार्टी निर्णयको पक्षमा अभिव्यक्ति दिएका छैनन् । जसका कारण यी चुनावको परिणाम आफ्नो पक्षमा नआउने हो कि भन्ने आशंका माओवादीमा परेको छ ।

यो असन्तुष्टि देउवा र कोइराला पक्षमा नै बाँडिएको देखिएको छ । कोइराला समूहले देउवाको यो निर्णयको विरोध गरिरहेको छ भने देउवाले भने गठबन्धन संस्कृति भनेको आफू एक्लैले लिनलाई नभएको सार्वजनिक अभिव्यक्ति नै हिजो दिएका छन् । यसले पनि कांग्रेसभित्र थप विवाद उत्पन्न गरेको बताइएको छ ।