२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई ओलीको चेतावनी – चुनाव रोक्ने कोसिस नगरियोस्



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न चेतावनी दिएका छन् ।

सोमबार सोलुखुम्बुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्नेछैन । एमालेले चुनाव गराएर छाड्छ ।’

गठबन्धनमा चुनाव सार्नेबारे छलफल भइरहेको ओलीको आरोप छ । ओलीले अगाडी भने, ‘आज पनि अहिले पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दैछ । म गठबन्धनालाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो । अब सह्य हुन सक्दैन,’