२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका लगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागि हुनुहुन्छ भने नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।