२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

कोरोनाबिरुद्धको खोप अभियानमा सफल भयौँ : डा.समीरकुमार अधिकारी

कोरोनाबिरुद्धको खोप अभियानमा सफल भयौँ : डा.समीरकुमार अधिकारी
अ अ+ अ-

काठमाडौँ । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।

उहाँले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताउनु भयो । त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि कोरोनारिुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘हामीले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेदेखि यो बीचको अवधिमा १८ वर्षमाथिको उमेरसमूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको थियो । यद्यपी पछि १८ वर्ष भन्दा मुनिको १२ वर्षभन्दा माथिको उमेरसमूहलाई पनि लगाउन मिल्ने खोप पनि सिफारिस भयो । त्यसपछि खोप ल्याउने र लगाउने गरेका छौँ । लक्ष्यको कुरा जुन छ, हामीले त्यसमा खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौँ । लक्ष्य राखेअनुसार हामी अब ९० प्रतिशतभन्दा माथि ९४-९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ । पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो । यद्यपी पूर्णमात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ । यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ । चैत्र ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रुपमा बन्द हुने होइन । संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरुलाई खोपको दायरामा ल्याउनको लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनको लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनै पर्छ ।

सह प्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले हालसम्म सरकारले कोरोनाबिरुद्धका खोपहरु खेर नफालेको दाबीसमेत गर्नुभयो । सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताउनु भयो । उहाँले कोरोनाबिरुद्धका केही खोपहरुको मिति सकिन लागेको भन्दै त्यसलाई सकेसम्म प्रयोग गर्ने तरिकाले खोप नपुगेका स्थानमा म्याद सकिन लागेका खोपहरु लगेर खोप अभियान सञ्चालन गरिरहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले सरकारले गत चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको र यही अभियानमा कोरोनाबिरुद्धको खोपलाई पनि समावेश गरेर खोपको दायरामा नआएका नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउने काम जारी राखेको बताउनु भयो ।

सह प्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले हेर्ने हो भने कोभिड १९ बिरुद्धको खोप प्राप्ति गर्ने, ल्याउने यो कुराहरु विश्वव्यापी चुनौति हामीले भोगेर आएका छौँ । खोप ल्याउन धेरै कठिनाइ छ । त्यस्तो अवस्थामा सरकारले प्राप्ति गरेको खोपलाई यथोचित तरिकाले हर महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर प्रयोग गरिरहेको अवस्था छ । अहिलेसम्म कोरोनाबिरुद्धका खोपहरु खेर जान दिएका छैनौँ । केही दिनयता कोभिड १९ बिरुद्धका खोपहरु खेर गएका भन्ने कुरा आएका छन् । हामीसँग भएका केही खोपहरु म्याद गुज्रिने समयको नजिक नजिक आएका छन् । त्यसको बारेमा हामीले जानकारी राखिरहेका हुन्छौँ । हामीले एक ठाउँको खोपलाई अर्को ठाउँमा लगेर भनेपनि म्याद गुज्रिनभन्दा पहिले नै प्रयोगमा ल्याएर सर्वसाधारणलाई सहज हुने वातावरण बनाउँछौँ । खोप जति समय राख्दै गयो त्यति म्याद गुज्रिने सम्भावना हुँदै जान्छ । हामीले सबै तह र सबै स्वास्थ्य संस्थाहरुसँग, सबै निकायसँग समन्वय गरेर आम सर्वसाधारणलाई खोप अभियानमा सहभागिता जनाएर जागरुकता बढाएर खोपको कार्ययोजनाहरु अघि बढाएर जानुपर्छ । अहिलेसम्म खोप खेर गएको छैन । जुन म्यादभित्रमा खोप प्रयोग गर्नुपर्ने हो त्यो नै मितिमा खोप प्रयोग भइसकेको छ । हामीसँग रहेका केही खोपहरु अप्रिल महिनाभित्रमा लगाइसक्नु पर्नेछ । ती खोपहरुलाई टाइफाइड बिरुद्धको खोप अभियानमा पनि समावेश गरेर विभिन्न ठाउँबाट लगाइरहेका छौँ । एउटा भाँडोमा १० जना वा ६ जनालाई पुग्ने गरेर खोप आउँछ, अब त्यो खोप ६ घण्टाभित्रमा नलगाए नष्ट गर्नुपर्ने हुन्छ । त्यही पनि हामीले खोप लगाउन आउनेहरुलाई लगाएर नै पठाएका छौँ ।’

सह प्रवक्ता अधिकारीले नेपालमा रहेका कोरोनाबिरुद्धका केही खोपहरुको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको बताउनु भयो । उहाँले कतिपय खोपहरु एकै प्यकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नु पर्ने हुन्छ तर खोप लगाउने मानिसहरु नहुँदा १-२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बाहे २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोख खोप प्रयोग गरिएको छ ।