३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा चन्दा दिन्नौं, हामीलाई जबरजस्ती नगर: १३ दातृ संस्था



अ+ अ-

काठमाडौँ । नेपालको विकासका लागि सञ्चालित संयुक्त राष्ट्रसंघलगायत १३ वटा विदेशी दातृ संस्था, विकास साझेदार र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले चुनावको बेला कुनै पनि चन्दा नदिने र यस्ता कार्यका लागि आफ्ना कर्मचारीहरुलाई जबरजस्ती नगर्न अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, एसडिसी, यूकेएड, जाइका, नर्वेजियन राजदूतावास, फिनल्याण्डको विदेश मन्त्रालय, अष्ट्रेलियन एड, जिआइजेड, एसयनभी, कोइका, अमेरिकन राजदूतावास र अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघले संयुक्त अपिल जारी गर्दे नेपालको आउँदो निर्वाचन वा अन्य कुनै पनि समयमा चन्दा,नगद वा जिन्सी उपलब्ध नगराउने उल्लेख गरेका छन् ।

अपिलमा भनिएको छ कर्मचारी वा साझेदारहरुप्रति लक्षित कुनै प्रकारको जबरजस्ती,त्रास वा धम्की दिने कार्य स्वीकार्न हुन सक्दैन । अपिलमा आफूले सञ्चालन गरिरहेका परियोजना र त्यहाँ कार्यरत कर्मचारीहरुले सामना गर्नुपरेका चुनौतीहर प्रति चासो रहेको उल्लेख गरेका छन् ।

अपिलमा निर्वाचनको समयमा पनि विकास गतिविधिलाई बिनाअवरोध निरन्तरता दिन सरकार,राजनीतिक दल सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।




भर्खरै