२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने

नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने
अ अ+ अ-

काठमाडौँ । नेपाल–भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ ।

लघुकथा समाज काठमाडौँ, रुसी भारतीय मैत्री सङ्घ मस्को, कला एवं वाणिज्य महाविद्यालय अक्कलकुवा, महाराष्ट्र, भारतको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सङ्घ गोष्ठी विषयक कार्यक्रमका वक्ताले सदियौँदेखि रहँदै आएको सम्बन्धलाई विकास एवं विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देशबीचको सम्बन्ध बिस्तार गर्न साहित्य र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा योगेन्द्र तिमल्सिनाले ‘नेपालको साहित्य संस्कृतिको अन्तरसम्बन्ध’, भारतीय सैनिक विद्यालयका शोध छात्र दिनानाथ मुरलीधरले ‘भारतीय संस्कृति र ज्ञान परम्परा’, र यशवन्त महाविद्यालयका डा सञ्जय धोटेले ‘हिन्दी साहित्यमा भारतीय संस्कृतिको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि भुवन शिवाकोटी, डा मोनिका शर्मा, प्राडा सञ्जय शर्मा, अनिलकुमार भट्टहरि, डा विदुषी आमेरा, डा कल्पना मौर्य, डा सविता तायडे, डा शैलेन्दुप्रकाश नेपाल, अरुणाञ्चल प्रदेशबाट आउनुभएकी प्राध्यापक ङाने कायीलगायतले टिप्पणी गर्नुहुँदै भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथको शिर नेपालको भक्तपुरस्थित डोलेश्वर, राम र सीताबीचको पौराणिक कथनका आधारमा अहिले पनि चलिरहेको संस्कृति, बुद्ध नेपालमा जन्मिएर भारतको बोधगयाबाट ज्ञान प्राप्त गरेका घटनाले दुई देशबीचको सम्बन्ध अन्योन्याश्रित रहेको पुष्टि हुने बताउनुभएको थियो ।

भारतका धेरै तीर्थ यात्री प्रत्येक वर्ष नेपालको पशुपतिनाथ, मुक्तिनाथलगायत तीर्थस्थलमा दर्शन गर्न आउने र नेपालका तीर्थयात्री पनि भारतको केदारनाथ, विश्वनाथलगायत तीर्थस्थलमा दर्शन गर्न जाने भएकाले पनि दुवैदेशबीचको सम्बन्ध प्राचीनकालदेखि नै सुमधुर रहँदै आएको भनाइ उहाँहरूले राख्नुभएको थियो । कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपाध्यक्ष गोपाल अश्कलगायतले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । दुवै देशको साहित्य, भाषा, धर्म, संस्कृतिलगायत क्षेत्रमा योगदान दिने दर्जनौँ विद्वान्लाई सम्मानसमेत गरिएको थियो । यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने जनाइएको छ ।